देश/प्रदेश

दाङमा पोखरीमा डुबेर एकको मृत्यु

Banner

दाङ, भदौं ७-

दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आज बिहान ७ः१५ बजे उक्त पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । रोका शुक्रबार साँझ नाच हेर्न घरबाट निस्केका बताइएको छ । रोकाको शव परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।
रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>