नवलपरासी
नवलपरासीमा दुई फरार अभियुक्त पक्राउ

नवलपरासी, भदौं ७-
जिल्ला प्रहरी कार्यालयल नवलपरासीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
कर्तब्य ज्यान मुद्दामा फरार रहेको सुनवल नगरपालिका ११ बस्ने ३७ वर्षिय गोविन्दप्रसाद कुमाललाई ११ वर्षपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेश अनुसार पुर्पपक्षका लागि कारगार पठाएको जनाएको छ । कुमाल ११ वर्ष अगाडि साविक रामनगर ५ बस्ने लालबहादुर सुनार र कमल सुनारलाई फलामे रड हानी गम्भीर घाइते बनाइ फरार भएका थिए । गम्भीर घाइते मध्ये कमल सुनारको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले कर्तव्य ज्यानको मुद्दा चलाई कुमालको खोजतलास गरिरहेको थियो । अभियुक्त कुमाललाई प्रहरीले उनको घर नजिकैबाट पक्राउ गरेको हो ।
त्यस्तै जबजस्तीकरणी मुद्दामा फरार जिल्लाको प्रतापपुर गाउँपालिका १ बस्ने अशोक केवटलाई पनि पक्राउ गरी अनुसन्धान थालेको छ । केवट २०७५ फागुन २८ गते परिवर्तित नाम एस भन्ने २२ वर्षीय युवतीलाई बर्दघाट नगरपालिका १३ धनेवा स्थित उखुबारीमा जबरजस्ती करणी गरि फरार भएका थिए । प्रहरीले पीडितको जाहेरी पाएपछि फरार अभियुक्त केवटको खोजतलाश गरिरहेको थियो । प्रहरीले सूचनाका आधारमा केवटलाई भदौं ६ गते उनकै घर नजिकबाट पक्राउ गरि थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
























