नवलपरासी

सुस्ता गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

Banner

ज्ञानु पंगेनी

नवलपुर , भदौ ४-

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकाले बुधबारदेखि एम्बुलेन्स सेवाको सुरुवात गरेको छ ।

पाँच नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमको व्यवस्थापनमा बुधबार सदरमुकाम परासीमा औपचारिक कार्यक्रमको आयोजना गरी पाँच नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

हस्तान्तरणपछि कार्यक्रममा मन्त्री बरालले जनताको स्वास्थ्य शिक्षाको क्षेत्रमा अनवरतरुपमा सेवा सुविधा पु¥याउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । यस्तै प्रदेश मातहत रहेका विभिन्न अस्तापालहरुको स्तर वृद्धि गर्दै दक्ष चिकित्सकको व्यवस्थापन गरी यहाँका जनतालाई स्वास्थ्य उपचार लिन प्रदेश बाहिर काठमाडाँै वा भारतका अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न तर्फ मन्त्रालय लाग्ने बताए ।

यसैगरी इन्जिनियरिङ, एमएस्सी, कानुनको माथिल्लो तहको एलएलबी. जस्ता शिक्षा प्रदेशभित्र सञ्चालन गर्न कार्ययोजना निर्माण गरिने समेत मन्त्री बरालले जानकारी दिए । प्रदेश पाँच सरकारको सामाजिक विकास मन्त्रालयको १३ लाख रुपैयाँको लागतमा अत्याधुनिक सुविधासहितको एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरिएको हो । सुस्ता गाउँपालिकासँगै , विनयी त्रिवेणी गाउँपालिकाको ६ र ७ नम्बर वडा, प्रतापपुर गाउँपालिकाको केही वडाहरुका बासिन्दा एम्बुलेन्स सेवाबाट लाभान्वित हुने सुस्ता गाउँपालिका अध्यक्ष पाण्डेले जानकारी दिए । बुधबारदेखि नै एम्बुलेन्स सेवाको सुरुवात गरिएको पाण्डेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>