नवलपुर

अरूणखोलाको डाइभर्सन बगेपछि अवरुद्ध राजमार्ग अझै खुलेन,यात्रु अलपत्र

Banner

नवलपुर,भदौं २-

नवलपुर (नवलपरासी पूर्व)को मध्यविन्दु नगरपालिका स्थित अरुण खोलाको डाइभर्सन बगेपछि अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग अझै खुल्न सकेको छैन । केही दिनअघि बाढीले पुल भत्किएपछि डाइभर्सन गरी सवारी सञ्चालनमा ल्याइए पनि आइतबार साँझ आएको बाढीले पुनः डाइभर्सन बगाएको थियो । राजमार्ग अवरुद्ध भएपछि पूर्वपश्चिम जाने सयौं यात्रु आइतबार साँझदेखि अरुणखोला बजारमै अलपत्र परेका छन् ।

डाइभर्सनबाटै सवारी साधन सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि निरन्तर परेको पानीका कारण खोलाको बाढी नघटेकोले सम्भव नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन पोखरेले जानकारी दिए ।

खोलामा पानीको सतह घटे आज साँझसम्मै सवारी साधन सञ्चालन गर्न सकिने एसपी पोखरेलले बताए । तर, माथिल्लो क्षेत्रमा पानी परिरहेकोले पानीको सतह घट्ने सम्भावना न्युन रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>