नवलपुर

अरुणखोलाको डाइभर्सन बाढिले बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Banner

चितवन,भदौं १-

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको अरुणखोलामा बनाइएको डाइभर्सन बाढिले बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । आज (आईतबार) साँझ साढे ६ बजेको समयमा अरुणखोला खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो । पुल भाँचिएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिएको थियो । पूर्बबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुलको एकतर्फी भागमा ठक्कर दिदा पुल भाँचिएको थियो ।

डाइभर्सन बगेपछि बुटवल भएर पश्चिम जाने र पूर्व आउने सवारी साधन र यात्रु अलपत्र परेका छन् । अहिले पूर्बपश्चिम राजमार्ग पुर्णरुपमा अबरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । भाँसिएको पुलबाट पैदल,साईकल यात्री र मोटरसाईकल यात्रीलाई मात्रैं हिड्न दिइएको थियो । ठूला सवारीहरु डाइभर्सनबाट एकतर्फी रुपमा सञ्चालन हुँदै आएका थिए ।

पुलको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले निरीक्षण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>