नवलपुर

नवलपुरको मुख्य नाका त्रिवेणीमा चहलपहल बढ्यो, भन्सार कार्यालले मालवस्तु जाँचपास गर्ने

Banner

ज्ञानु पंगेनी

नवलपुर, भदौं १-

नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीमा रहेको त्रिवेणी छोटी भन्सार कार्यालले आइतबारदेखि मालवस्तु जाँचपास गर्ने भएको छ । मालवस्तु जाँचपास सुभारम्भ नवलपुरका सांसद तिलक महतले गरेका छन् ।

छोटी भन्सार कार्यालयलाई २५ हजार सम्मको मालवस्तुको भन्सार गर्ने अधिकार दिएको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले बताए । नवलपुरअन्तर्गत पर्ने त्रिवेणी छोटी भन्सार कार्यालयलाई गण्डकी प्रदेशको मुख्य नाकाको रुपमा लिइएको छ । भारतसँग जोडिने त्रिवेणी नाका र चीनको तिब्बतसँग जोडिने कोरला जोडने गरी कालिगण्डकी करीडोरको विकास गरिरहेको छ । दुई देशलाई जोड्ने सबैभन्दा नजिकको दूरी भएको नाकाको रुपमा समेत हेरिएको त्रिवेणी नाकालाई छोटी भन्सारको रुपमा स्तोरन्नति गरी जाँचपास सुरु गरिएसँगै अब यस नाकामा चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।

मालवस्तु जाँचपास सुभारम्भ कार्यक्रममा सांसद महतले गण्डकी प्रदेशको मुख्य भन्सार नाकाको रुपमा रहेको त्रिवेणी भन्सारको स्तर उन्नतिले त्रिवेणी क्षेत्रका उद्योगी ब्यवसायीलाई सहजता हुने बताए । गण्डकी प्रदेशमा पर्ने मुख्य भन्सार नाकाका लागि त्रिवेणी दुम्कीबास सडक खोल्नुको विकल्प नभएको हुँदा सरकारको पहिलो एजेन्डा भएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभासद रोशनबहादुर गाहा, प्रदेश ५ का प्रदेश सभासद अजयबहादुर शाही , प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, स्थानीय चिरञ्जीवी ढुंगाना, भारत वाल्मीकि नगरका स्थानीय अजय झालगायतले त्रिवेणी मालवस्तु जाँचपास सुरु हुनेले त्रिवेणी र भारत वाल्मीकि नगरलगायतका उद्योगी व्यवसायीहरुलाई सहजता हुने बताएका छन् ।

त्रिवेणी भन्सारबाट विगतमा सवारी साधानको जाँचपास र पाँच हजारसम्मको मालवस्तु जाँचपासमात्र हुने गरेकोमा अबदेखि २५ हजारसम्मको मालवस्तुको जाँचपास सुरु भएको छ । त्रिवेणी छोटी भन्सार हाललाई महेशपुर भन्सार कार्यालयको मातहतमा रहने र महेशपुर भन्सारकै कर्मचारीले पालैपालो हेर्ने व्यवस्था मिलाएको महेशपुर भन्सार कार्यालयका प्रमुख शर्माले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>