Uncategorized

एसपी मल्लले भनेःआत्महत्याका लागि दुरुत्साहन गर्ने रवि होस या जो कोही हामी छाड्दैनौं (भिडियो)

Banner

चितवन,साउन ३०-

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियो सार्वजनिक भएपछि चितवन प्रहरी प्रमुख दान बहादुर मल्लले आत्महत्याको दुरुत्साहन प्रमाणित भए जो कोहीलाई पनि कारवाही गर्ने बताएका छन् । नारायाणी अनलाइनसंग कुरा गर्दै उनले भने,आत्महत्याको लागि दुरुत्साहन गर्ने रवि लामिछाने मात्र होइन,जो कोही भएपनि कानुनी कठघरामा ल्याइन्छ । उनले कानुन भन्दा माथि कोही नरहेको भन्दै अनुसन्धान तीब्र पारिएको दावी गरे ।

घटना स्थलबाट संकलन गरेका प्रमाणहरु विश्लेषण गरिरहेका छौं,उनले भने, पोष्टमाटम र मोवाइल रिपोर्ट आज वेलुका सम्म आइपुग्छ । रिपोर्ट हेरेपछि मात्र अनुसन्धानलाई कुन रुप दिने भन्ने तय हुने उनले बताए ।

हिजको भिडियो हामीले सार्वजनिक गरेका होइनौं,एसपी राठौरले भने,यो हाम्रो नैतिकता भित्र पर्दैन । हामीले अनुसन्धान गर्नुपर्ने कुरा यसरी बाहिर ल्याउँदैनौ ।हिजो बुधवार सार्वजनिक भिडियोमा पुडासैनीले आफ्ना दुईजना पूर्वसहकर्मी र एक युवती आफ्ना हत्यारा भएको गम्भीर आरोप लगाएका छन् ।

नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २१ गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनको साथबाट फेला परेका मोबाइलमा उनले भिडियो सन्देश छोडेको चर्चाका बीच उनले रुँदै परिवारसँग माफी मागेको भिडियो सार्वजनिक भएको हो ।

समाचार पोर्टल नेपाल आजले सार्वजनिक गरेको उक्त भिडियोमा पुडासैनीले न्युज २४ को कार्यक्रम ’सिधा कुरा जनतासँग’ का प्रस्तोता रवि लामिछाने, उक्त टेलभिजनमै कार्यरत पत्रकार युवराज कँडेल र अस्मिता कार्की नामकी एक युवतीका कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।

यस्तै पत्रकार रवि लामिछानेले आफूमाथि लगाएका आरोप सुन्दा शालिकरामलाई ठूलो भ्रम परेको प्रतिक्रिया दिएका छन् । ’आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस, र हदै सम्मको सजाय होस् । थप जानकारी केही समयमा गराउने छु ।

मुलुकी अपराध संहिता २०७४ को दफा १८५ मा आत्महत्याका लागि दुरुत्साहन दिई आत्महत्या गराउने व्यक्तिलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>