प्रवास

एनआरएन माल्टाको अध्यक्षमा अर्याल

Banner

प्रकाश बगाले

माल्टा, साउन २८-

गैरआवासीय नेपाली संघ (एनआरएन) माल्टाको अध्यक्षमा राजु अर्याल (बाबु) सर्वसम्मत चयन भएका छन् ।

यही अगस्ट १२ गते माल्टामा भएको प्रथम अधिवेशनबाट अर्यालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएका छन् । महासचिवमा भने पुनःसन्देश केसीनै सर्वसम्मत रहेका हुन् । कार्यक्रममा प्रमुख अतिथि रहेका एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्यले माल्टामा नेपालीहरुको हक हितको लागि काम गर्ने यस सस्था सुखदुःखको साथी रहने बताएका छन् । कार्यक्रममा माल्टामा रहेका नेपालीलाई आईपर्ने समस्या समाधानमा एनआरएनको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

\अधिवेशनबाट माल्टामा रहेका नेपालीहरुको समस्या समाधान हुनेमा विश्वस्त रहेको माल्टाबासी नेपालीले बताएका छन् । त्यसै गरी एनआरएनका केन्द्रीय सहकोषाध्यक्ष सोम सापकोटालगायतको सहभागितामा कार्यक्रम सम्मन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>