अन्तर्राष्ट्रिय
तीव्र गतिको मोटरसाइकलबाट उछिट्टिँदा भित्तोमा बजारियो टाउको, जोगायो हेल्मेटले (भिडियोसहित

काठमाडौं साउन २८-
भारतको केरलमा एक व्यक्ति गुडिरहेको मोटरसाइकलबाट उछिट्टिँदा टाउको बजारिएको छ ।
घटनाको भिडियोमा देखिन्छ– सुन्तला रंगको शर्ट लगाएका एक व्यक्ति रोकेर राखिएको बाइकमा बसिरहेका छन् ।
अचानक अर्को एक बाइक उनीपछाडि हुत्तिँदै आउँछ ।
उक्त बाइकका मानिसले जीन्स र शर्ट लगाएका छन् र उनको टाउको भित्तोमा बजारिन्छ ।
त्यसपछि उनी १८० डिग्री पल्टा खाएर भुइँमा लड्छन् ।
यति ठूलो दुर्घटना हुँदा पनि मोटरसाइकल चालकलाई केही भएन । घटना गत वर्षको अक्टोबर महिनामा भएको हो ।
उनी भुइँबाट जुरुक्क उठ्छन् र आफूलाई केही नभएको संकेत दिन्छन् ।
दुर्घटनाको भिडियो अन्लाइनमा पोस्ट गरिएको छ । हल्मेट लगाउनुको महत्त्व उजागर गर्नका लागि यो भिडियो उपयोग गर्ने गरिएको छ ।
सामाजिक सञ्जालमा केही मानिसले उक्त व्यक्ति भाग्यवश बाँचेको बताए ।
एकजनाले लेखे, ‘त्यो मान्छे मर्न सक्थ्यो तर हेल्मेट लगाएकाले जोगियो । हामीहरूले सडकमा बाइक चलाउँदा सुरक्षा कवचहरू लगाउनुपर्छ ।’एजेन्सी