चितवन विशेष

चितवनको सौराहामा मनाइयो हात्ती दिवस (तस्वीरमा)

Banner

चितवन,साउन २७-

नेपालमै पहिलो पटक चितवनको सौराहामा विश्व हात्ती दिवस मनाइएको छ । युनाइटेड हात्ती संचालक सहकारी संस्था,मृगकुन्ज उपभोक्ता समिति,बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायीक वनको संयुक्त पहलमा हात्ती दिवस मनाइएको हो ।प्राय सबै दिन पर्यटकसँग सफारीमा रम्ने हात्तीहरू दिवसका दिन चौरभरि फरक दृश्यमा थिए । पर्यटक बोकेर मध्यवर्ती वन क्षेत्रमा सफारीमा व्यस्त हुने हात्तीहरू सौराहामा वनभोजमा रमाएका थिए ।

बाघमारा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित कार्यक्रममा हात्तीका लागि फलफुल, बन्दा, धान, सखर लगायतका भोजनको व्यवस्था गरिएको थियो ।निजी हात्तीहरू यसरी रमाइलो दृश्यमा देखिए पनि आवश्यक वासस्थानको विस्तार र संरक्षण गर्न नसको खण्डमा जंगलि हात्ती लोप हुन सक्ने अवस्था रहेको छ ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन,युनाइटेड हात्ती संचालन सहकारी संस्थाका अध्यक्ष क्रृषि तिवारी लगाएतको उपस्थिति रहेको थियो । नेपाल भर जंगली र घरपालुवा गरी करिब ५ सय हात्ती रहेको तथ्याङ्क छ । सन् २०१२ मा क्यानडाबाट हात्ती दिवस मनाउन सुरु गरिएको भए पनि नेपालमा भने पहिलो पटक हात्ती दिवस मनाइएको हो । विश्वभर ३५ देखी ४० हजार हात्ती रहेको अनुमान छ ।

तस्वीरः कोमलचन्द्र भगत

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>