चितवन विशेष

चितवनमा क्वारेन्टाइन छलेका तीन हजार बढी चल्ला नष्ट

Banner

चितवन,साउन २७-

चितवनमा मापदण्ड पुरा नगरी बिक्रीका लागि लैजाँदै गरिएका कुखुराका चल्ला नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर चितवनले आइतबार भरतपुरबाट सो चल्ला नियन्त्रणमा लिएर सरोकारवालाको रोहबरमा नष्ट गरेको हो ।

काठमाडौंबाट काँकडभित्तातर्फ जाँदै गरेको ना ५ ख ७९३७ नम्बरको गाडीमा विराटनगर, दमक र झापा लैजान लागिएको चल्ला नियन्त्रणमा लिइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख राम किशोर शाहले जानकारी दिए । चल्ला र अण्डा क्वारेन्टाइन पास गराएर लैजानुपर्ने व्यवस्था भए पनि उनीहरुले क्वारेन्टाइन छलेर लैजान लागेको शाहले बताए । बिक्री अनुमति पत्र, क्वारेन्टाइन चेकपोष्ट दरपिट भएको पत्र र अन्य आवश्यक केही कगजात नभएकाले चल्ला नष्ट गरिएको शाहले जानकारी दिए । ‘चल्ला बिक्री गर्ने कार्टुनमा सबैकुरा उल्लेख हुनुपर्छ,’ उनले भने, तर नियन्त्रणमा लिइएका चल्लाको कार्टुनमा कुनै कुरा उल्लेख गरिएको छैन ।’

चितवनका पोल्ट्री व्यवसायी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, पशु विज्ञ केन्द्रका प्रतिनिधि, पत्रकारलगायतको रोहबरमा चल्ला नष्ट गरिएको हो । यसअघि शुक्रबार मात्रै चितवनमा पाँच हजार ५०८ बोइलर कुखुराका चल्ला नष्ट गरिएको थियो ।

भारतमा बर्डफ्लुको संक्रमण रहेको हुँदा अहिले भारतबाट चल्ला ल्याउन रोक लगाइएको छ भने नेपाल भित्रै पनि आवश्यक मापदण्ड पुरा गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>