नवलपुर
काँग्रेस नेता गुरुङ भन्छन्ः ‘भ्रष्टाचारको विकल्प सदाचार खोज्नै पर्छ’

ज्ञानु पंगेनी,
नवलपुर, साउन २६–
नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले भ्रष्टाचारको विकल्प सदाचार खोज्नै पर्ने बताएका छन् ।
आज (आईतबार) कावासोतीमा नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङ्गले सत्तामा पुग्ने जो सुकै दलका नेताले पनि भ्रष्टाचार गर्न नहुनेमा जोड दिदै भने–‘भ्रष्टाचारीको कुनै जात, धर्म, लिङ्ग र राजनैतिक पार्टीको हुदैन भन्ने मान्यता राख्नुपर्छ तर, यहाँ त कुन–कुन पार्टीको पर्यो भनेर हेर्ने अनि उन्मुक्ति दिने, ठूला माछाहरु सबै पार्टीका मिलिहाल्ने त्यसरी पनि भ्रष्टाचार निर्मुल हुन्छ ?’ उनले सरकार अहिले एकपछि अर्को भ्रष्टाचारको काण्डमा मुछिएको आरोप लगाउदै भने–‘वाईडबडी, सुनकाण्डदेखि विभिन्न काण्डकाण्डैमा सरकार मुछिएको छ । लोकतन्त्रको विकल्प लोकतन्त्र, गणतन्त्रको विकल्प गणतन्त्र भएजस्तै भष्ट्रचार अन्त्यका लागि सदाचार भएका नेता मुलुकको लागि आवश्यक छ । देश बनाउन धेरै खराब नेता भन्दा एउटै असल नेता भए पुग्छ ।’
अहिलेका नेताहरुले विलासितको जिवन बिताउन खोज्दा समृद्धि माथि उठ्न नसकेको जिकिर गर्दै नेता गुरुङ्गले अहिले सरकारले उटपटाङ बोलेर मात्रै होईन काम पनि उटपटाङ गरेर जनतालाई निराश बनाउने काम गरेको आरोप लगाए ।
उपनिर्वाचनलाई मिनी जनमत संङग्रहको संङ्या दिदै नेता गुरुङ्गले भने–‘यो एउटा क्षेत्रको निर्वाचन मात्रै होईन यो त मिनी जनमत संङग्रह हो, अहिले भ्रष्टाचारको दलदमा फसेको सरकारले जित्ने कि ? हामी सदाचारका लागि आवाज उठाएकाले जित्ने भन्ने विषय हो । यदि पार्टीे टिकट दिएमा म निर्वाचनमा उठ्न तयार छु ।’