चितवन विशेष
कविता प्रतियोगितामा लम्साल भए प्रथम
चितवन, साउन २६–
‘शिक्षामा रूपान्तरण :उद्यमशीलता र नवप्रवर्तन’ विषयक कविता प्रतियोगितामा भरतपुरका विजय लम्साल प्रथम भएका छन् ।
अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा बेटर चितवनले ‘युथवन २०७६’ अन्र्तगत सो प्रतियोगिता आयोजना गरेको हो । प्रथम भएका लम्सालले ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै सोही प्रतियोगितामा श्रेया भुसाल द्धितीय र सिर्जना पौडेल तृतीय भइन् । उनीहरुले पनि ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगितामा कवि सरिता तिवारी, समालोचक उदय अधिकारी र साहित्यकार लेखराम सापकोटा निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा १४ जना प्रतिस्पर्धीले आफ्नो कविता वाचन गरेका थिए ।
कार्यक्रममा कवि सरिता तिवारीले आफ्नो कविता प्रस्तुत गरेकी थिइन भने समालोचक उदय अधिकारीले नेपालको शिक्षा प्राणालीको बारेमा आफ्नो विचार राखेका थिए । ‘युथवन २०७६’ अन्र्तगत पहिलो दिन शनिबार भएको कार्याक्रममा युवा उद्यमी दिपक अर्याल, युथ मोटिभेसन क्लबका सदस्य दिक्षा पौडेल, सोनिया भुसाललगायतका वक्ताहरुले विभिन्न विषयमा युवाहरुलाई उत्प्रेरणात्मक भनाइ राखेका थिए ।
यस्तै सोही कार्यक्रममा बिङगो प्रतियोगितालगायत विविध साँस्कृतिक मनोरञ्जनात्मक नृत्य तथा गीत प्रस्तुत गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी रहेका थिए ।
केबीए ग्लोबल नारायणगढको सहयोगमा जिल्ला समन्वयन समितिको सहकार्यमा भरतपुरको जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम भएको थियो ।
यस्तै बेटर चितवनको ‘युथवन २०७६’ अन्र्तगत आज –आइतबार) दोस्रो दिन चितवनका सामाजिक युवा संस्थाहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भइरहेको छ ।