चितवन विशेष
राप्ती उद्योग वाणिज्य संघमा उप्रेती र पाठक मनोनित

चितवन, साउन २३-
चितवनको राप्ती उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्षमा प्रदिप उप्रेतीलाई मनोनित गरिएको छ ।
संघको पछिल्लो बैठकले किराना डिलर व्यवसायी उप्रेतीलाई प्रथम उपाध्यक्षमा मनोनित गरेको हो । त्यस्तै सचिवमा फर्निचर व्यवसायी नवराज पाठकलाई मनोनित गरिएको संघका अध्यक्ष राजकुमार कँडेलले जानकारी दिए ।
रिक्त रहेको प्रथम उपाध्यक्ष र सचिव मनोनित भएपछि संघको कार्यसमिति संख्या २६ पुगेको छ । संघको अधिवेशन भएको आठ महिनापछि संघले पूर्णता पाएको हो । मंसिरमा भएको अधिवेशनले कार्यसमिति निर्विरोध चयन गरेको थियो भने विशिष्ठ सदस्य र चार जना सदस्यलाई सो कार्यसमितिले मनोनित गरेको थियो । संघको विशिष्ठ सदस्यमा पूर्णबहादुर थापा, वरिष्ठ उपाध्यक्षमा मार्कण्डप्रसाद गौतम, वाणिज्य उपाध्यक्षमा ओमप्रसाद डल्लाकोटी, उद्योग उपाध्यक्षमा प्रतिभा पाण्डे, महासचिवमा परशुराम पाठक, कोषाध्यक्षमा ईश्वर तिमल्सिनासहित सदस्यहरु निर्विरोध भएका थिए ।