नवलपुर
नवलपुरको बुलिङ्गटार भदौरीमा ट्याक्टर दुर्घटना, चालक घाइते

ज्ञानु पंगेनी,
नवलपुर, साउन २३–
नवलपुरको बुलिङ्गटार गाउँपालिका–५ भदौरीमा अनटेस्ट ट्याक्टर दुर्घटना हुँदा चालक गम्भिर घाईते भएका छन् ।
आज (विहीबार) बिहान ६ः३० बजेतिरको समयमा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा परी चालक अन्दाजी ३५ वर्षका लालबहादुर घर्ती मगर गम्भिर घाईते भएका छन् । ट्याक्टर बाटोबाट करीब ४ सय मिटर तल खसेको स्थानीयवासी पूर्ण थापाले जानकारी दिए । सहचालक भने हामफालेका कारण सकुशल रहेका छन् । घाईते मगरको स्थानीयले उद्धार गरेका छन् । घटनास्थलमा प्रहरी आउने कम्तीमा पनि तीन घण्टा लाग्ने र अप्ठेरो भिरबाट ट्याक्टर खसेका कारण उद्धारमा समय लागेको थापाले जानकारी दिए । घाईतेलाई उपचारका लागि भरतपुरतर्फ पठाइएएको थापाले बताए ।
भदौरीमा वर्षाका कारण खसेको पहिरोले बाटो साँघुरो बनेको छ । पहिरोले बाटो साँघुरो हुँदा उक्त दुर्घटना भएको थापाको भनाई छ । वडा र गाउँपालिकालाई पटक–पटक बाटोको पहिरो पन्छाउन भन्दा पनि बेवास्ता गर्दै आएका कारण दुर्घटना हुन पुगेको थापाले आरोप लगाएका छन् । स्थानीयकै पहलमा पहिरोलाई पन्छाउने काम गरेको तर माथीबाट नै पहिरो राम्ररी पन्छाउन जेसीबीले जसरी नसक्ने हुँदा सानो वर्षा भए पनि पहिरो खसिहाल्ने गर्दा आवत जावतमा समस्या भईरहेको थापाको भनाई छ ।