नवलपुर

नवलपुरमा जुवा खेल्ने ९ जना पक्राउ

Banner

कावासोती, साउन २३-

जुवा खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको कावासोती–८ सभापतिचोकस्थित बुद्धि तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो । जुवा खेलिरहेको भन्ने सूचना प्राप्त गरेपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले रु ८१ हजार ७६५ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताएका छन। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>