नवलपरासी

दुई बच्चासहित नारायणीमा महिलाले हाम्फालेपछि

Banner

नवलपरासी, साउन २२–

पछिल्लो समय नारायणी नदीमा हाम फाल्नेको संख्या बढ्न थालेको छ । बुधबार फेरि नारायणी नदीमा यस्तै घटना भएको छ ।

छोराछोरीसहित एक महिला नारायणी नदीमा बुधबार दिउँसो हाम फालेकी छिन् । नदीमा हाम फाल्दा दुबै बच्चाको मृत्यु भएको छ । तर महिलाको जीवितै उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका इन्सपेक्टर राजेन्द्र अधिकारीअनुसार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ निवासी २४ वर्षीया सुधा विश्वकर्मा बुधबार त्रिवेणीस्थित गण्डक पुलबाट दुई सन्तानसहित नारायणीमा हाम्फालेकी हुन् ।

हाम्फालेको देख्नासाथ स्थानीयले आमाको जीवितै उद्धार गरे भने दुई बच्चालाई बचाउन सकेनन् । उनी साढे २ वर्षको छोरा अविनास र डेढ महिनाकी छोरी निकितालाई लिएर हाम्फालेको स्थानीय प्रेमचन्द्र रौनियारले जानकारी दिए ।

उद्धार गरिएकी सुधालाई जिल्ला प्रहरी कार्यालय कावासोती राखिएको छ । सुधाका श्रीमान् नेपाल प्रहरीको जर्गाह गण (पश्चिम नवलपरासीमा) कार्यरत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>