चितवन विशेष

चितवनमा सिने क्षेत्रका चार वरिष्ठ कलाकार सम्मानित

Banner

चितवन, साउन २१-

लक्की मिडिया हाउस चितवनले चार जना वरिष्ठ कलाकारलाई आज सम्मानित गरेको छ ।

सम्मानित हुनेहरुमा पहिलो नेपाली चलचित्र ‘आमा’ बाट आफ्नो कलाकारिता सुरु गरेकी नेपाली सिने जगतकी प्रथम नायिका भुवन थापा चन्द, प्रथम चरित्र अभिनेत्री चैत्यदेवी सिंह, प्रथम हास्य साम्राज्ञी बसुन्धरा भुसाल एवम् वरिष्ठ चलचित्रकर्मी ऋद्दीचरण श्रेष्ठ रहेका छन् ।
सोही अवसरमा मिडिया हाउसले चलचित्र साइनोको विशेष शो पनि गरेको थियो । विशेष शोमा नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार नीर शाह प्रमुख अतिथि रहेका थिए । विशेष शोमा फिल्म ‘साइनो’ का कलाकारहरु नीता ढुंगाना, मिरुना मगर, राजकुमार, राजा राजेन्द्र पोख्रेल, भुवन थापा चन्द, चैत्य देवी सिंह, बसन्धुरा भूसाललगायत फिल्म निर्माता, निर्देशक तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले नारायणी अनलाइनलाई जानकारी दिए । कार्यक्रम लक्की मिडिया हाउसका निर्देशक दिपक खड्काको संयोजकत्व तथा मिडिया हाउसका अध्यक्ष हरि कार्की ‘लक्की’ को अध्यक्षतामा सम्पन्न भएको थियो ।

आयोजनामा मेट्रो फर्निचर चलचित्र “साइनो“ को बिशेष शो भव्य रुपमा सम्पन्न भएको छ । चलचित्र “साईनो“ को बिशेष शोको अबसरमा नेपाली चलचित्र क्षेत्रमा विगत लामो समयदेखि राष्ट्रको कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा अतुलनीय योगदान दिनुभएका चार जना वरिष्ठ कलाकारलाई सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>