नवलपुर
लागूऔषधसहित नवलपुरमा तीन जना पक्राउ

नवलपुर , साउन १९
नवलपुरका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपुरका देवचुली नगरपालिका –१६ बाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।
लुअअ ४२५३ नम्बरको टाटा सुमोमा लागूऔषध लुकाएर हिडाउँदै गर्दा कास्की पोखरा महानगरपालिका –२१ बस्ने जितेन केसी(कार्की)लाई पक्राउ गरेको छ । गाडी चालक रुपन्देही ओमरतिया –४ बस्ने चुनुमुन मल्लाहालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । टाटा सुमोबाट प्रहरीले नुर्फिन, फेनेरागन, डाइजपाम सेरिजेक ६०\६० एम्पुल गरी १८० एम्पुल लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए । चालक चुनुमन मल्लाहाको लागूऔषध ओसार पसारमा संलग्नता भए नभएको अनुसन्धान भइरहेको उनले बताए ।
यस्तै प्रहरीले कावासोती नगरपालिका –१६ स्थित राजमार्गबाट गोरखा शहिद लखन गाउँपालिका मनकामना बस्ने २३ वर्षीय बिशाल थापालाई समेत लागूऔषधसहित पक्राउ गरेको छ । ना ७ ख ६७ ४७ नम्बरको बसमा लागूऔषध लुकाएर ल्याउँदै गर्दा उनीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले डाइजेपाम सेरिजेक, नुफिन र फेनरागन २००÷२०० एम्पुल गरि ६०० एम्पुल लागूऔषध बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
























