नवलपुर

यौन दुव्र्यवहारका आरोपित एक किशोर पक्राउ

Banner

नवलपुर, साउन १९-

पाँच वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अरोपमा जिल्ला प्रहरी कार्यालय नवलपुरले १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

यही साउन १५ गते घरमा कोही नभएको समयमा पीडित बालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले शनिबार इलाका प्रहरी कार्यालय रजहरमा ठाडो उजुरी दिएका थिए । सोही उजु्रीको आधारमा आरोपित बालकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अर्जुन रानाभाटले बताए । आइतबार जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले लिखित जाहेरीसमेत दर्ता गराएका छन् ।
पीडित बालिकाको भरतपुर जिल्ला अस्पताल चितवनमा स्वास्थ्य परीक्षण भइरहको प्रहरीले जनाएको छ । आरोपित बालक सुस्त मनस्थितिको रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको डीएसपी रानाभाटले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>