चितवन विशेष

विपद्मा उद्धार गर्न भरतपुर महानगरले ल्यायो २० लाखको डुङ्गा

Banner

चितवन,साउन १९-

भरतपुर महानगरपालिकाले बाढीमा परेकालाई उद्धार गर्नका लागि डुङ्गा खरिद गरेको छ । विपद् तथा प्रकोप व्यवस्थापन गर्न कोषबाट २० लाख खर्च गरेर रबरको डुङ्गा खरिद गरेको हो । ‘भरतपुर महानगरपालिका बाढीको उच्च जोखिमको क्षेत्र हो । यहाँ प्रत्येक वर्ष जस्तो धनजनको क्षती हुने गरेको छ,’ महानगरका विपद् व्यवस्थापन शाखा अधिकृत झलककुमार श्रेष्ठ भने, ‘बाढीमा परेका मानिसलाई उद्वार गर्नका लागि हामीले डुङ्गा खरिद गरेका छौँ ।’

रबरको डुङ्गा चार दिन अघि मात्रै महानगरमा आएको छ । यसको उद्घाटन एक कार्यक्रमका बीच केही दिनमा गरिने विपद् शाखा अधिकृत श्रेष्ठले जानकारी दिए । ‘अहिलेसम्म हामीकहाँ रबरको बोट मात्र छ । लाईफ ज्याकेट, हेलमेट, खरिदको प्रकृयामा छौँ,’ श्रेष्ठले भने, ‘उद्घाटन हामी छिट्टै गर्दैछौँ ।’ महानगरपालिकाले काठमाण्डौँबाट डुङ्गा खरिद गरेको हो । चार हजार देखि छ हजार रुपैयाँसम्मका २० वटा लाईफ ज्याकेट खरिद गर्ने तयारीमा महानगर रहेको छ ।

यस डुङ्गामा १६ जनासम्म अट्नेछन् । डुङ्गा सञ्चालनका लागि यस अघि तालिम लिएका नगरप्रहरीलाई दिईने उनले बताए । विपद्मा परेका मानिसलाई उद्धार गर्न डुङ्गाबाट सहज हुने अपेक्षा लिईएको छ । चालु आर्थिक वर्षमा पनि थप एक वटा डुङ्गा ल्याउने तयारी भएको श्रेष्ठले जानकारी दिए । यो डुङ्गा ल्याउनको लागि पनि महानगरपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । आवश्यक परेको खण्डमा उद्धारको लागि अन्य स्थानीय तहले पनि प्रयोग गर्न सक्नेछन् ।

महनगरले भरतपुरका १३, १६, २२, २३, २४, २५, २७, र २८ नम्बर वडा बाढीबाट उच्च जोखिमको क्षेत्र घोषणा गरेको छ । २९ नम्बर वडालाई पहिरोको उच्च जोखिम क्षेत्र घोषणा गरिएको शाखा अधिकृत श्रेष्ठले बताए । सवारी दुर्घटना भएर नारायणी नदी तथा त्रिशुलीमा परेका मानिसलाई उद्धार गर्न पनि डुङ्गा सहज हुने उनले बताए ।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>