चितवन विशेष

चितवनमा लागुऔषधसहित दुई पक्राउ

Banner

चितवन, साउन १७–

चितवनमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–८ बस्ने १९ वर्षीय सनम प्याकुरेल क्षेत्री र गोरखाको सुलिकोट गाउँपालिका–८ बस्ने २४ वर्षीय गणेश गुरुङलाई फेनेरागन ६ एम्पुल, डाइजापाम ६, बुप्रिनुफिन ६ एम्पुल, नाइट्राजेपाम ट्याब्लेट (नाइट्राभेटं) १० लेखेको लागुऔषध डाइजेपामसहित भरतपुर महानगरपालिका–९ स्थित परमानन्दचोकबाट पक्राउ गरिएको हो ।

चितवन प्रहरीले उनीहरुलाई मोटरसाइकल गस्तीमा रहेका बेला शङ्कास्पद लागेपछि खोजतलास गर्दा उक्त लागुऔषधसहित बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४ (च) बमोजिम लागुऔषध मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>