गण्डकी
नवलपुरमा बालिकालाई करणी गरेको आरोपमा दुई पक्राउ
१

ज्ञानु पंगेनी
नवलपुर, साउन १४-
११ वर्षकी बालिकालाई लगातार महिनौसम्म जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार विगत डेढ महिनाबाट बालिकालाई घरमा बुबाआमा नभएको अवस्थामा पटकपटक करणी र यौन शोषण गरेको आफन्तले जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा नवलपरासी सुनवल नगरपालिका बस्ने ६० वर्षका नारायण श्रेष्ठ र ४१ वर्षका लोकबहादुर खत्रीलाई पक्राउ गरिएको हो । उनीहरुलाई जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक हमालले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>