नवलपरासी

खेललाई योगसँग जोड्नुपर्छः सदस्य सचिव सिलवाल

Banner

परासी, साउन ८–

राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेश सिलवालले विश्वमै नेपालको फरक पहिचान दिने गरी खेल क्षेत्रमा नयाँ आयाम ल्याउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमी पश्चिम नवलपरासी शाखाले आज बर्दघाट नगरपालिका–२ चिसापानीमा गरेको सम्मान कार्यक्रममा उनले भने, ‘खेल क्षेत्रमा नेपालको फरक पहिचान दिन नयाँ आयाम थप्ने गरी म लागिरहेको छु ।’

खेल क्षेत्रमा बढीभन्दा बढी युवालाई आकर्षित गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख गर्दै उनले भने, ‘मेरो कार्यकालमा खेलाडीको भविष्य सुनिश्चित् हुने गरी कार्ययोजना पनि छ, खेललाई अव विद्यालयदेखि एथ्लेटिकस्सम्म जोडेर अघि बढाउने योजनाका साथ परिषद् अघि बढिरहेको छ ।’

खेल क्षेत्रलाई योगसँग जोडेर अघि बढ्न जरुरी रहेको भन्दै उनले नवलपरासी जिल्लाले नेपालको फुटबल, भलिबल, क्रिकेट, कवड्डीलगायतका विधागत क्षेत्रमा प्रतिभावान खेलाडी उत्पादन गरेको स्मरण गरे । मदन भण्डारी स्पोर्टस् एकेडेमीका जिल्ला अध्यक्ष सुवोध बुढाथोकीले नवलपरासी खेल क्षेत्रमा अथाह सम्भावना बोकेको जिल्ला भएकाले खेल पूर्वाधारमा सहयोग गर्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>