अन्तर्राष्ट्रिय

अफगानिस्तानमा २८ जना लडाकू मारिए

Banner

मैमाना, अफगानिस्तान, साउन ५–

अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिबानी लडाकू मारिएका छन् ।

देशको उत्तरी फार्याब प्रान्तमा भएको कारबाहीमा उनीहरुको मृत्यु भएको सैनिक स्रोतले आइतबार जनाएको छ ।

“तालिवान लडाकूहरुको अखडामा २९ जनालाई लक्षित गरी हवाई आक्रमण भएको थियो, तीमध्ये कम्तीमा २८ जनाको मृत्यु भएको छ,” सेनाका एक जना प्रवक्ता हनिफ रेजाइले भन्नुभयो ।

उहाँले सिन्ह्वालाई दिएको जानकारी अनुसार फार्याब प्रान्तको बिलचिराघ जिल्लामा रहेको अखडामा शनिबार राति आक्रमण भएको हो ।

सुरक्षाकर्मीमाथि आक्रमण गर्ने तयारी गरिरहेका तालिबान लडाकूहरुलाई सुरक्षाकर्मीहरुले नै आक्रमण गरेका हुन् ।

घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । –रासस/सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>