कर्पोरेट

नवजागृति आधारभूत विद्यालयलाई सिटिजन्स बैँकको सहयोग

Banner

चितवन, असार २९-

सिटिजन्स बैँक इन्टरनेशनल नारायणगढ शाखाले आज भरतपुर महानगरपालिका–११ को नवजागृति आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

बैँकको सामाजिक उत्तरदायित्वअन्तर्गत बैँकका शाखा प्रवन्धक सुवर्ण बुढाथोकीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर गुरुङलाई आज एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सिटिजन्स बैँक नारायणगढ शाखाका कर्मचारीहरु र विद्यालयको प्रधानाध्यापक राधा अधिकारीको सहभागिता रहेको थियो । निम्न वर्ग र अल्पसंख्यका समुदायका बालबालिका अध्ययनरत विद्यालयको शुद्ध खानेपानी, खेलकुद र शैक्षिक सामग्रीको व्यवस्था गर्न सो सहयोग गरिएको बैँकका शाखा प्रवन्धक बुढाथोकीले नारायणी अनलाइनलाई जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>