कर्पोरेट
पञ्चकन्याको ‘डेकिङ’ सिट बजारमा

चितवन, असार २८-
निर्माण सामग्री उत्पादन गर्दै आइरहेको नेपालको प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या समूहले निर्माण कार्यमा प्रयोग हुने ‘ग्यालभनाइज्ड डेकिङ’ सिट नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले आज जारी गरेको विज्ञप्तिमा विश्वमै निर्माण क्षेत्रमा व्यापकरुपमा प्रचलनमा आइरहेको यस सिट मजबुत भरपर्दाे र निर्माण गर्न छिटो छरितोसमेत रहेको उल्लेख छ । यसलाई निर्माण कार्यमा स्थायीरुपमा प्रयोगमा ल्याउन सकिने र मूल्यमा समेत किफायती रहेको छ ।
तौलमा हलुका विशेषता रहेका यी सिटहरु मजबुत, खिया नलाग्ने र वाटर प्रुफसमेत रहेको यसको प्रमुख विशेषता मानिन्छन् । कंक्रिट राम्रोसँग टासिएर बस्ने र ढलानको स्ल्याबको मोटाइलाई कम गर्न समेत मद्दत गर्दछ । जसले गर्दा भवनलाई भार कम पर्दछ साथै यसको प्रयोगले मर्मत सम्भार गरिरहनुपर्ने झन्झट रहँदैन, आवश्यकता अनुसार साइजमा उपलब्ध हुने यी निर्माण सामग्री नेपाल भरी नै उपलब्ध छन् ।