क्रिकेट

टि–ट्वान्टी सिरिजः आयरल्याण्डले जिम्बाबेलाई हरायो

Banner

काठमाडौं, असार २८–

दोस्रो टि–ट्वान्टी खेलमा आयरल्याण्डले जिम्बाबेलाई ९ विकेटले पराजित भएको छ । गयराती भएको खेलमा डिएलमेथड अनुसार आयरल्याण्डले जिम्बाबेलाई ९ विकेटले हराएको हो ।

वर्षाले प्रभावित १३ ओभरको खेलमा जिम्बाबेले दिएका १३३ रनको लक्ष्य आयरल्याण्डले १३ बल बाँकी छदै पुरा गर्‍यो । आयरल्याण्डको जितमा ओपनर पउल स्टिर्लिङले अविजित ८३ रन बनाए । ३६ बल खेलेको स्टिर्लिङले ७ छक्का र ६ चौका हिर्काए । यस्तै बलर्बिने २८ रनमा अविजित रहे । १७ बल खेलेका उनले चार चौका प्रहार गरे । यस्तै केभिव ओब्राइन १९ रनमा आउट भए । जिम्बाबेका लागि चतराले एक मात्र विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको जिम्बाबेले १३ ओभरमा ८ विकेट गुमाउँदै १३२ रन जोडेको थियो । उसका लागि इरभिनले सर्वाधिक ५५ रनको अर्धशतिकय पारी खेलेका थिए । यस्तै विलियम्सले ३४ रन बनाए । आयरल्याण्डका लागि मार्क अडिरले ४ विकेट लिए भने क्रेग योङले २ विकेट लिए । यो जितसंगै आयरल्याण्ड तीन टि–ट्वान्टीको सिरिजमा १–० ले अगाडि रहेको छ । यसअघि पहिलो खेल वर्षाले स्थगित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>