चितवन विशेष
भरतपुर अस्पतामा टिकट काट्ने र चिकित्सकले जाँच गर्ने सय थप

भरतपुर, असार २८-
भरतपुर अस्पतालले विरामी तथा सेवाग्राहीको भीड व्यवस्थापनका लागि समय र सेवा अवधि थप गरेको छ । अस्पतालले आज (बिहिबार) एक विज्ञप्ती जारी गर्दै बहिरंग सेवा (ओपिडी)को टिकट काट्ने समय बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म चिकित्सकले जाँच गर्ने समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको हो । अस्पतालका प्रवक्ता प्रा.डा रामप्रसाद सापकोटाका अनुसार बिरामी तथा सेवाग्राहीहरूको भीड व्यवस्थापन गरी स्वास्थ्य सेवा प्रवाहलाई थप सहज, छिटो र प्रभावकारी बनाउन अस्पतालले ओपिडी टिकट वितरण र सेवा समय विस्तार गरेको छ ।
यस सेवाबाट सेवाग्राहीको प्रतीक्षा समय घट्ने, सेवा प्राप्ति सहज हुने तथा अस्पतालको सेवा व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको सापकोटाले बताउनुभयो । उहाँले सेवाग्राहीलाई बिहानको समयमा अत्यधिक भीड नगरी आफ्नो अनुकूल समयमा उपस्थित भई उपलब्ध सेवा सुविधाको सदुपयोग गर्न अनुरोध गर्नुभयो ।
























