मध्य नेपाल
रौतहटका एक दर्जनभन्दा बढी बस्ती डुबानमा
०
रौतहट,असार २७ –
रौतहटमा बागमती र लालबकैया नदीमा बाढी आउँदा एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन् । लालबकैयाको कटहरियामा र बागमतीको पूर्वतिरको बाँध भत्किँदा बस्तीमा पानी पसेको हो ।लालबकैया नदीको हरसाहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहालगायतका गाउँ जोखिममा रहेको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना प्रमुख राजकुमार श्रीवास्तवले बताउनुभयो । नदी नियन्त्रण टोली ठाउँठाउँमा खटिएको पनि उहाँले जानकारी दिनुभयो ।
यस्तै बागमती नदीको बाढीले गढीमाई, लक्ष्मीपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ जोखिममा परेका छन् । रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बाँध भत्केको ठाउँमा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>