नवलपुर

ढाँट हटाउन माग गर्दै गैंँडाकोटबासी उत्रिए आन्दोलनमा, वडा अध्यक्षकै नेतृत्वमा संघर्ष समिति गठन

०
Banner

गैंडाकोट, असार २७–

नवलपुरको गैंडाकोटमा रहेको ढाँट (सडक कर संकलन केन्द्र) हटाउन माग गर्दै स्थानीयबासी आन्दोलित बनेका छन् ।

एउटै नगरपालिकाका बासिन्दा आवातजावतमा अनाधिकृत रुपमा सडक दस्तुर तिर्नु परेको भन्दै बिरोध गरेका हुन् । उनीहरुले बिरोध स्वरुप आज बिहान एक घण्टा चक्का जाम समेत गरेका छन् । यस्तै स्थानीयबासीहरुले गैंडाकोट नगरपालिका–११ का वडाअध्यक्ष गोविन्द सुवेदीको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ । सो संघर्ष समितिको सदस्यहरुमा वडा नंं ५ का वडाअध्यक्ष नवराज कँडेल, वडा नं. १२ का वडाअध्यक्ष थीरबहादुर थनेत, वडा नंं १६ का अध्यक्ष गोवद्र्धन ज्ञवालीलगायतका रहेका छन् ।

एउटै नगरबासी भएपनि नगरपालिका पुग्न कर तिर्नुपर्ने अवस्था आएको भन्दै स्थानीयले बिरोध जनाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>