गण्डकी
बालिका बलात्कार गर्ने सोमबहादुरलाई १६ वर्ष कैद
०

ज्ञानु पंगेनी
नवलपुर, असार २५-
छ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कावासोती नगरपालिका–३ का मोक्तान काइला भन्ने सोमबहादुर तामाङलाई अदालतले १६ वर्ष कैद सजायको फैसला गरेको छ । त्यस्तै घटनामा पीडित बालिकालाई ७५ हजार क्षतीपूर्ती भराउने फैसला भएको छ ।
बुधबार जिल्ला अदालत नवलपुरका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले मोक्तानलाई १६ वर्ष कैद र बालिकालाई ७५ हजार क्षतिपूर्ती भराउने गरेर फैसला गरेको जिल्ला अदालत नवलपुरका सूचना अधिकृत दुर्गाबहादुर कार्कीले जानकारी दिए । बालिकालाई मोक्तानले गत असोज २७ गते बलात्कार गरेका थिए । पीडित बालिकाका अभिभावकले सोही दिन नै जिल्ला प्रहरी कार्यालय नवलपुरमा उजुरी गरेका थिए । पीडित पक्षको उजुरीपछि फरार रहेका तामाङलाई प्रहरीले मङ्सिर १ गते गिरफ्तार गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























