गण्डकी

नवलपुरमा भएको सडक दुर्घटनामा प्रहरी जवानको मृत्यु

Banner

नवलपुर , असार २५-

पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको मध्यबिन्दु नगरपालिका –१० मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति ना ६ ख ५२०७ नम्बरको ट्रकमा लु २२ प २८९९ नम्बरको मोटरसाइकल ठोक्किँदा पाल्पा तिनाउ गाउँपालिका –१ बस्ने २७ वर्षीय भिमराजबहादुर छहरी मगरको मृत्यु भएको हो । सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय रुपन्देही बाहिनी नम्बर ५ मा दरबन्दी भई बीओपी बोगडी रुपन्देहीमा कार्यरत सहायक प्रहरी जवान मगरको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरमा प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>