चितवन विशेष

चितवन मेडिकल कलेजले करोडौं अबैध शुल्क असुलेपछि विद्यार्थी आन्दोलित

Banner

चितवन,असार २४-

चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित भएका छन् । सरकारले तोकेको भन्दा बढी शुल्क लिएर लुट मच्चाएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । उनीहरुले मेडिकल कलेज अगाडि चर्काे नाराबाजीसमेत गरेका छन् भने भरतपुरको चौबिसकोठीसम्म र्‍याली निकालेका छन् । उनीहरुले मेडिकल माफिया मुर्दावाद,अबैध शुल्क फिर्ता गर लगायतका नारा लगाएका थिए ।

कलेजले एमबीबीएसको भर्ना शुल्क नेपाल सरकारले तोकेको भन्दा १२ लाख देखि २५ लाखसम्म अवैध असुलेको विद्यार्थीको आरोप छ । सरकारले एमबीबीएसकोे भर्ना शुल्क ४२ लाख तोकेको छ । तर मेडिकल कलेजले बिना रसिद विद्यार्थीबाट अवैध शुल्क असुलिरहेको छ । कलेज प्रशासनसँग शुल्कको कुरा गर्दा उल्टै धम्क्याउने गरेको विद्यार्थीले बताएका छन् । एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रुविन शाह भन्छन्,हामीलाई कलेजले चरम अन्याय गरेको छ,यसको विरुद्ध आन्दोलित भएका हौं ।

आईओएमले पुरक परीक्षा शुल्क २५ सय तोकेको छ तर कलेजले पाँच हजार असुलिरहेको छ । यसको विरुद्धमा बोल्दा उल्टै कलेजले धम्क्याउँछ । उनले अन्यायका विरुद्ध आन्दोलित भएको भन्दै माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए ।

तेस्रो वर्षमै अध्ययन अर्का विद्यार्थी बसन्त शाहाले परिक्षाका बेला पैसा माग्ने र मानसिक तनाव दिने गरेको बताए । कलेजको अत्याचार विरुद्ध र्‍याली निकाल्न खोज्दा परीक्षामा फेल गर्ने धम्की दिएको उनले बताए । विद्यार्थीले होस्टेल भित्रको क्यान्टिनको शुल्कसमेत वृद्धि गरेको विद्यार्थीको भनाई छ । यता अस्पतालका व्यवस्थापक पारस अधिकारीले विद्यार्थीको आन्दोलनका विषयमा आफूलाई कुनैपनि जानकारी नभएको बताए ।

शिक्षा मन्त्रालयले गत चैत ७ गते विद्यार्थीबाट लिएको रकम एक महिनाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो । तर, सरोकारवालाहरुसँगको सहमतिपछि मन्त्रालयले दिएको निर्देशनले तीन महिना पार गर्दा पनि कार्यान्वयन भएको छैन ।

मन्त्रालयले विश्वविद्यालयका प्रतिनिधि, कलेज सञ्चालक, नेपाल मेडिकल काउन्सिल र मन्त्रालयको प्रतिनिधिको रोहबरमा शुल्क फिर्ताको अनुगमन गर्ने निर्णय पनि गरेको थियो । परीक्षा, इन्टर्न्सिप, भर्ना, रजिस्ट्रेसन, पुस्तकालय, फिल्ड भिजिट, डेभलपमेन्टलगायत शीर्षक राखेर कलेजहरूले सरकारले तोकेभन्दा दुई गुना बढीसम्म रकम लिने गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका मेडिकल कलेजहरूले एमबीबीएस, बीडीएस लगायत मेडिकल शिक्षका अन्य विषयमा विद्यार्थीसँग तोकेभन्दा लाखौं बढी रकम उठाएर ठगी गर्दै आएका छन । मन्त्रालयले नेपाल मेडिकल काउन्सिलसहित दुवै विश्वविद्यालयलाई रकम फिर्ता गर्न पत्राचार गरे पनि मेडिकल कलेज सञ्चालकहरुले टेरपुच्छर लगाएका छैनन् ।

यसअघि, संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले समेत तोकिएको समयभित्र शुल्क फिर्ता गराउन सरकारलाई निर्देशन दिएको थियो । शिक्षा मन्त्रालय शुल्क फिर्ताका विषयमा कलेजहरूलाई ताकेता नगर्दा विद्यार्थीहरु मारमा परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>