चितवन विशेष

पार्वतीपुरमा लागूऔषध दुव्र्यसनबारे प्रशिक्षण

Banner

चितवन, असार २४-

इलाका प्रहरी कार्यालय गीतानगरले सोमबार लागूऔषध दुव्र्यसनी, बालबिबाह, जबरजस्ती करणी तथा घरेलुहिंसा विषयमा विद्यालयका शिक्षक तथा विद्यार्थीलाई सोमबार प्रशिक्षण दिएको छ ।

समुदाय–प्रहरी साझेदारीअन्तर्गत सोमबार भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा भएको कार्यक्रममा वडाध्यक्ष २३ का वडा अध्यक्ष चित्रसेन अधिकारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्याराडाइज इङ्लिस स्कुल, कालिका निमावि र सनलाइट इङ्लिस स्कुल पार्वतीपुरको शिक्षक र शिक्षिका तथा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सहभागी गराइएको थियो । स्थानीय जनप्रतिनिधिहरु तथा समाजसेवी वर्गहरु समेत गरी १२० जनाको उपस्थितिमा सञ्चालित सो सचेतनामूलक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले ‘लागूऔषध दुव्र्यसनी, बालबिबाह, जबरजस्ती करणी एवम् घरेलुहिंसा’ विषयमा प्रशिक्षण दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>