गण्डकी

गैँडाकोटको अक्सफोर्ड कलेजले फेरि पायो अन्तर्राष्ट्रिय अवार्ड, शैक्षिक गुणस्तरमा अब्बल

Banner

चितवन, असार २३-

नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ म्यानेजमेन्टले शैक्षिक गुणस्तरमा युरोपको प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।

जर्मनीको बर्लिनमा जुलाई ६ र ७ मा भएको एक अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका ५८ देशलाई पछि पार्दै युरोपियन स्टार फर रिसर्च क्याटेगोरीले अन्तर्राष्ट्रिय अवार्ड (स्वर्ण पदक) प्राप्त गर्न सफल भएको हो । कलजले शैक्षिक गुणस्तर, व्यवस्थापन, नेतृत्वदायी भूमिका र अनुसन्धानमा पु¥याएको योगदानको आधारमा ‘क्वालिटी च्वाइस प्राइज २०१९’ को स्वर्णपदक प्राप्त गर्न सफल भएको कलेजका बीसीएका विभागीय प्रमुख सुरेश बरालले नारायणी अनलाइनलाई बताए । कलेजका प्रिन्सिपल हरि भण्डारी र बीबीए प्रमुख नारायण सापकोटाले जर्मनको बर्लिनमा आयोजित एक समारोहमा सहभागी भई सो अवार्ड ग्रहण गरेको उनले बताए ।

स्विजरल्याण्डमा रहेको युरोपियन सोसाइटी फर क्वालिटी भन्ने संस्थाले सो अवार्ड प्रदान गर्दै आएको छ । संस्थाले १०वर्ष भन्दा बढी समय सम्वन्धित क्षेत्रमा निजी, सामुदायिक तथा पूर्णसरकारी संधसंस्थाहरुले पु¥याएको योगदानको आधारमा अवार्ड प्रदान गर्दै आएको छ ।
कार्यक्रममा कलेजका प्रिन्सिपल हरि भण्डारीले नेपाललाई सगरमाथाको देश, गौतमबुद्वको देश र प्रकृतिले भरिपूर्ण भनेर देशको बारेमा विदेशी समुदाय माझ नेपालको प्रचारप्रसार गरेको कलेजले जनाएको छ । यसअघि विश्वका ११८ राष्ट्रलाई पछि पार्दै विश्वमै उत्कृष्ट हुँदै फ्रान्सको पेरिसमा सम्पन्न भव्य समारोहका बीच ‘इन्टरनेशनल स्टार फर लिडरसिप इन क्वालिटी–२०१८ को स्वर्णपदक प्राप्त गर्न सफल भएको थियो ।

विसं २०५७ मा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई कम्युटर साइन्स सुरु गरेको अक्सफोर्ड कलेजले विभिन्न तहका कक्षा सञ्चालन गरी उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । पोखरा विश्वविद्यालयले प्रदान गरेको आठवटा स्वर्ण पदक मध्ये ६ वटा पदक अक्सफोर्ड कलेजले प्राप्त गर्न सफल भएको कलेजले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>