कर्पोरेट
मुस्ताङकी बालिकालाई सांग्रिला डेभलपमेन्ट बैँकको सहयोग
०

चितवन, असार २३-
सांग्रिला डेभलपमेन्ट बैँकले संस्थागत तथा सामाजिक उत्तरदायित्वअन्र्तगत मुस्ताङ घरपोजङ गाउँपालिका–२ की एक दलित छात्रालाई छात्रवृत्ति उपलब्ध गराएको छ ।
जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत कक्षा २ की छात्रा रेनुका परियारलाई उनको पढाइको लागि बैँकले आर्थिक सहयोग गरेको हो । बैँकले आज प्रेषित गरेको विज्ञप्ति अनुसार विपन्न परिवारमा जन्मिएकी उनी पढाइमा अब्बल तथा जेहेन्दार रहेकी तर शारीरिक अपाङ्गता र आर्थिक स्थिति कमजोर भएकोले पढाइमा निरन्तरता दिन कठिन भएकाले बैँकको सहयोगले पढाइमा सहयोग पुग्ने विश्वास बैँकले लिएको छ । जोमसोम अवस्थित सांग्रिला डेभलपमेण्ट बैँक लिमिटेडका शाखा कार्यालयका शाखा प्रमुख राजिब पौडेलले सो विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्मालाई चेक हस्तान्तरण गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>