अन्तर्राष्ट्रिय

खर्च कम गर्न पाकिस्तानी प्रधानमन्त्री अमेरिकामा महङ्गो होटलमा नबस्ने

Banner

पाकिस्तान, असार २३-

एजेन्सी

पाकिस्तान प्रधानमन्त्री इमरान खानले आफ्नो अमेरिका भ्रमणका दौरान महङ्गो होटलमा नभएर पाकिस्तानी राजदूतको निवासमा बस्ने चाहना व्यक्त गरेको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । देशले आर्थिक संकट बेहोरिरहेको बेला खानले आफ्नो भ्रमणको खर्च कम गर्न यस्तो निर्णय लिएका हुन् ।

गत वर्ष प्रधानमन्त्री पदमा निर्वाचित भएपछि खानले अनावश्यक खर्च घटाउन विभिन्न निर्णयहरु लिँदै आएका छन् ।

इस्लामाबादका अधिकारीहरुले अमेरिकाको वासिङ्टनस्थित पाकिस्तानी दूतावासलाई प्रधानमन्त्री खानको चाहनाबारे जानकारी गराइसकेका छन् । डन पत्रिकाका अनुसार खान आगामी जुलाई २१ तारिखदेखि अमेरिकाको तीन दिने भ्रमणमा निस्कने छन् ।

खानको यो निर्णयप्रति अमेरिकाको सिक्रेट सर्भिस र सहरका अधिकारी भने सन्तुष्ट छैनन् । अमेरिका पुग्ने बित्तिकै त्यहाँको सिक्रेट सर्भिसले खानको सुरक्षा कमाण्ड सम्हाल्नेछ भने सहरको प्रशासनले त्यस क्षेत्रमा ट्राफिक अवरुद्ध नहोस् भन्ने जिम्मा लिनेछ ।

पाकिस्तानी राजदूतको निजी निवास वासिङ्टनको कुटनीतिक क्षेत्रमा पर्दछ जहाँ विभिन्न देशका राजदूतावासहरु समेत रहेका छन् ।

अमेरिका भ्रमणका दौरान खानले विभिन्न अमेरिकी अधिकारी, मिडिया र थिंकट्याङ्कसँग छलफल गर्नेछन् । यसको लागि निवासको आकार सानो रहेको छ ।

उनले छलफलका लागि पाकिस्तानको राजदूतावस नै प्रयोग गर्नुपर्ने हुन्छ । यसले ट्राफिक आवगमनमा असर पुग्नसक्ने सहर प्रशासनको चिन्ता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>