चितवन विशेष

चितवनका प्रहरी प्रमुखसँग माडीबासीको अन्तरक्रिया

Banner

माडी, असार २१-

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत माडी नगरपालिका–६ मा शान्तिसुरक्षासम्बन्धी विभिन्न विषयमा स्थानीयसँग अन्तरक्रिया भएको छ ।

माडी नगरपालिका वडा नम्बर ६ हरिनगर स्थित दिवाकर स्मृति प्राविधिक शिक्षालयमा समुदाय प्रहरी साझेदारीको अवधारणा अनुसार समुदाय सुरक्षा सम्बन्धमा स्थानीयसँग अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल प्रमुख अतिथि रहेका थिए । त्यस्तै दिवाकर स्मृति प्राविधिक शिक्षालय प्रमुख पुष्पराज पौडेल, इलाका प्रहरी कार्यालय माडीका प्रमुख युवराज तिमिल्सिना, शिक्षालय अधिकृत हरि भुषाल, वडा नं. ६ का वडा अध्यक्ष भरत गुरुङको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा प्राविधिक शिक्षालयका ६५ जना छात्रछात्रालाई जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख मल्लले शान्ति सुरक्षासम्बन्धी विभिन्न समसामयिक विषयमा छलफल गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>