गण्डकी

नवलपुरको २ स्थानमा भएको सवारी दुर्घटनामा १ को मृत्यू

Banner

कावासोती असार, १८

नवलपुरको २ स्थानमा भएको सवारी दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यू भएको छ भने १२ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था मध्यम रहेको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका १६ कुमारवर्ती चोकमा लु २ ख १४९३ नम्बरको बसले आज बिहान सोही ठाउ बस्ने ७५ बर्षिय राधिका अधिकारीलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एंव डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । शव पोष्र्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा रखिएको र बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, पुर्वपश्चिम राजमार्ग अन्तर्गत मध्यविन्दु नगरपालिका फुलवारी चोकमा पश्मिबाट पुर्व तर्फ आउदै गरेको ना.७ ख. ६३ नंबरको ट्रकले बिपरित दिशाबाट जादै गरेको ना.७ ख.६८४१ नंबरको बसलाई ठक्कर दिदा बसमा सवार १२ जना घाईते भएका छन् । घाईते मध्ये २ जनालाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाईएको र बाँकी १० जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घाईते मध्ये सुर्खेत जिल्ला बस्ने अन्दाजी २०\२५ बर्षको योगेस भासरतीको बाया हात र शरिरमा चोट लागेको र सोहि ठाउ बस्ने अन्दाजी ३०\३५ बर्षको मणिराम बरकको टाउकोमा चोट लागेको प्रहरी नायव उपरिक्षक रानाभाटले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>