नवलपुर

कावासोती खानेपानीको अध्यक्षमा प्रगतिशील प्यानलका कँडेल निर्वाचित

Banner

ज्ञानु पंगेनी

नवलपुर, असार १५–

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा प्रगतिशील प्यानलका भिमलाल कँडेल निर्वाचित भएका छन् ।

आठौं अधिवेशनबाट भएको निर्वाचनमा कँडेलले लोकतान्त्रिक प्यानलका शिवप्रसाद भट्टराईलाई एक सय ५९ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । कँडेलले दुई हजार पाँच सय १ मत प्राप्त गरे भने भट्टराईले दुई हजार तीन सय ४२ मत प्राप्त गरे ।

नयाँ कार्यसमितिमा प्रगतिशील प्यानलले बहुमत जित हासिल गरेको छ । दुई वडा प्रतिनिधि बाहेक अन्य सबै पदमा प्रगतिशील प्यानलका उम्मेद्वार विजयी भएका छन् ।

आईतबार दिउँसो सम्पन्न मतपरिणाम अनुसार उपाध्यक्षमा प्रगतिशील प्यानलकी रमिला भुजेल (२५६०), सचिवमा प्रगतिशील प्यानलकै दिपकराज लम्साल (२५९८) विजयी भएका छन् ।

यस्तै वडा प्रतिनिधितर्फ वडा नम्बर २ मा लोकताान्त्रिक प्यानलका आत्मराज चापागाई (५४६), वडा नम्बर ३ मा प्रगतिशील प्यानलका चेतबहादुर अधिकारी (८५९), वडा नम्बर ५ मा प्रगतिशील प्यानलका प्रकाश भण्डारी (२५९), वडा नम्बर ६ मा प्रगतिशील प्यानलका ओमप्रकाश चापागाई (१५५), वडा नम्बर ८ मा लोकतान्त्रिक प्यानलका लीला भट्टराई (६५०), वडा नम्बर ९ मा प्रगतिशील प्यानलका ऋषिकुमार श्रेष्ठ (१४०) विजयी भएका छन् ।

यसैगरी जनजाति महिलामा लक्ष्मी गाहा मगर, दलित महिला सदस्यमा पार्वती विक विजयी भएका छन् ।

यसैगरी, लेखा समिति संयोजकमा चिन्तामणि पौडेल, सदस्यहरुमा रेशमलाल चापागाई, लीला पोख्रेल थनेत विजयी भएका छन् ।
१४ जना पदका लागि भएको निर्वाचनमा प्रगतिशील प्यानलका १२ जना अत्याधिक बहुमतले विजयी भएका छन् ।

छ हजार ६ सय ६५ मतदाता रहेको संस्थाको शनिबार भएको निर्वाचनमा पाँच हजार ४३ मत खसेको निर्वाचन अधिकृत गणेशप्रसाद सापकोटाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>