नवलपरासी
मर्चहवामा भवनले च्याप्दा एक जनाको मृत्यु
०

ज्ञानु पंगेनी,
नवलपरासी, असार १५–
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ मर्चहवामा सार्वजनिक भवन भत्किँदा च्यापिएर एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ६५ वर्षीय स्थानीय किशुन बिन रहेका छन् । मृत्यु हुने बिन करिब एक महिनादेखि सोही सार्वजनिक भवनमा बास बस्दै आएका थिए । पूर्णरूपले जीर्ण अवस्थामा रहेको मर्चहवाको भवन वर्षाका कारणले भत्किदा भवनको छतमा सुतिरहेको बिनको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सार्वजनिक भवनमा पहिला शिव शम्भु आधारभूत विद्यालय रहेको थियो । विद्यालय सुस्ता–३ रेतामा संचालन भएपछि यो विद्यालय सार्वजनिक भवन बनेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>