कर्णाली

रोल्पाका युवाको जीवन रक्षाका लागि सरकारसँग आग्रह

Banner

काठमाडौ, असार १४-

बोन म्यारोबाट पीडित रोल्पाका सुरेश रोक्का मगरको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेका छन् ।

सुरेश रोक्का बचाउ अभियानले गरेको पत्रकार सम्मेलनमा उनका आमा विनी रोक्का मगरले सुरेश बोनम्यारो क्यान्सरबाट पीडित रहेकाले आर्थिक सहयोगका लागि सरकारसँग अपिल गरे । विनीले भाव बिव्हल हुँदै भनिन्, “जेठो छोरा प्रेमले १० वर्षे जनयुद्धमा सहादत प्राप्त गर्यो, कान्छो छोराको यो अवस्था छ, म कोसँग हारगुहार गरौँ, छोराको उपचारमा सरकारबाट सहयोग होस् ।” रोल्पाको परिवर्तन गाउँपालिका–१ का १८ वर्षीय सुरेशलाई गत चैत महिनामा बोनम्यारो भई शरीरमा रगत उत्पादन हुन नसकेपछि नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको र हालसम्म रु २० लाख खर्च भइसकेको विनीले जानकारी दिए ।

चिकित्सकहरुले उनको उपचारका लागि ७० लाख खर्च लाग्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पोलिटब्युरो सदस्य एवम् अभियानका सल्लाहकार नवीन रोक्का मगरले युवावस्थामा नै बोनम्यारोबाट पीडित सुरेशलाई मर्न दिन नहुने भन्दै आमाको जीवन सहारा सुरेशको जीवन रक्षा गर्न सरकार तथा जनसमुदायले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।

अभियानका सल्लाहकार जीतेन्द्र पुनःमगरले आर्थिक अवस्था दयनीय रहेका सुरेशको परिवारले हालसम्म उपचारका लागि २० लाख खर्च भइसकेको, सहयोगी हातबाट हालसम्म सात लाख ७९ हजार ५८६ सङ्कलन भएको जानकारी दिए । थप आर्थिक सङ्कलनका लागि साउदी, दुबई, जापान, कोरिया, अमेरिका, पोर्चुगल, स्पेन, अष्टिया, संयुक्त अधिराज्य, सिंगापुर तथा भारतमा बसोबास गर्ने नेपालीसँग आर्थिक सहयोगका लागि वैदेशिक सहयोग संयोजक खडा गरेको उनले बताए। सो अभियानका अध्यक्ष दीपक रोक्का मगरले सुरेशको जीवन रक्षा गर्नु सबैको कर्तव्य रहेकाले राज्य तथा सर्वसाधारणबाट सहयोग गरी सुरेशलाई नयाँ जीवन दिन आग्रह गरे । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>