मकवानपुर

मुख्यमन्त्री पौडेलले गरे वृक्षरोपणको शुभारम्भ

Banner

हेटौंडा, असार १४–

प्रदेश नम्बर ३ को सरकारले आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवास क्षेत्रमा फलफूलको बिरुवा रोपेर वृक्षरोपणको अभियान शुरु गरेको छ ।

आज असार १४ गते राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय तथा जननेता मदनकुमार भण्डारीको जन्मदिनको अवसरमा वृक्षरोपणको अभियान औपचारिक रुपमा शुरुआत गरिएको जनाइएको छ । मुख्यमन्त्री पौडेलले वातावरण संरक्षणका लागि प्रदेश सरकार गम्भिर रहेको बताउँदै वन र वातावरण संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले वृक्ष रोपेर मात्र नहुने बताउँदै यसको संरक्षण पनि आवश्यक रहेको बताए । प्रदेश सरकारले यो वर्षभित्र मात्रै प्रदेशका हरेक जिल्लामा पाँच लाख बिरुवा रोप्ने योजना लिएको मुख्यमन्त्री पौडेलले जानकारी दिए ।

वृक्षरोपण कार्यक्रममा मकवानपुर क्षेत्र नं– १ का सांसद तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, राष्ट्रियसभाका सांसद रामचन्द्र राई, नेकपा मकवानपुरका नेता अनन्त पौडेललगायतको सहभागिता थियो । यसैबीच वनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले पनि छुट्टाछुट्टै कार्यक्रम गरी वृक्षरोपण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>