चितवन विशेष
नारायणगढ आउन बस नभेटेपछि लिफ्ट माग्दा ट्रकभित्रै बलात्कार
०
चितवन,असार १४-
नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सहचालकले सवारीभित्र बलात्कार गरेका छन् ।
बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ परेका छन् ।
ट्रकका चालक मोरङ उर्लाबारी नगरपालिका–३ सूर्यचोकका ३० वर्षीय विमल ढकाल र सहचालक ३२ वर्षीय गोपाल भण्डारीविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको छ । उनीहरुले व्यास १२ छिर्कनेस्थित सडक किनारमै ट्रक रोकेर बलात्कार गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>