नवलपुर
पत्रकार महासंघ नवलपुरको कार्यालयमा तालाबन्दी

नवलपरासी, असार १३–
नेपाल पत्रकार महासंघ नवलपुरको शाखा कार्यालयमा शुक्रबार तालाबन्दी गरिएको छ ।
नेपाल पत्रकार महासंघ नवलपुर शाखाको आर्थिक पारदर्शीता हुनुपर्नेलगायतका माग राख्दै नवलपुरका पत्रकार संगठनहरु आन्दोलित भएका ह्ुन। सोही क्रममा उनीहरुले नेपाल पत्रकार महासंघ नवलपुर शाखा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
तत्कालिन प्रेस चौतारी, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, डब्लुडब्लुजे, फोनिज र वातावरण पत्रकार मञ्चले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ नवलपुरविरुद्ध आन्दोलन गर्दै तालाबन्दी गरेको हो ।
उनीहरुले नेपाल पत्रकार महासंघ नवलपरासीको संयुक्त साधारण सभाले पास गर्न नसकेको आर्थिक प्रतिवेदन पुनःछलफलमा नल्याएको, नयाँ सदस्यता, सदस्यता शुद्धिकरण, सदस्यता शुल्क, आर्थिक पारदर्शीतालगायतको विषयमा नवलपुरमा रहेका पत्रकारहरुको पेशागत संगठनहरु सहितको कार्यदल बनाएर टुंग्याउनु पर्नेमा जोड दिएका छन् ।
यसअघि क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले लगाइदिएको ताला प्रहरी लगाएर फोडेको थियो ।
























