चितवन विशेष

जनजीवन माविकी सोनु एसईईमा माडी प्रथम

Banner

सुवास लामिछाने

चितवन, असार १२–

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् (एसइई)को नतिजामा सोनु अधिकारी माडी प्रथम भएकी छिन् ।

जनजीवन माध्यमिक विद्यालयकी छात्रा सोनुले ३.८५ जीपीए प्राप्त गरेर संस्थागत र सामुदायिक विद्यालयतर्फ माडी प्रथम भएको नगर शिक्षा शाखा माडीले जनाएको छ । यसैगरी माडी माध्यमिक विद्यालयका सुयोग वाग्ले सामुदायिक विद्यालयतर्फ ३.७० जीपीए प्राप्त गरी द्धितीय भएका छन् । यसैगरी दिवाकर स्मृति विद्यालयका निशान रामदाम र सोमेश्वर माध्यमिक विद्यालयका अजय अन्सारीले ३.६५ जीपीए प्राप्त गरी तृतीय स्थान हासिल गरेका छन् ।

माडी नगरपालिकाबाट सामुदायिक विद्यालयतर्फ सोमेश्वर माध्यमिक विद्यालय, माडी माध्यमिक विद्यालय, खैरहनी माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, जनजीवन माध्यमिक विद्यालय र कृष्णनगर माध्यमिक विद्यालयबाट एसइईमा विद्यार्थीहरु सहभागि भएका थिए । यसैगरी संस्थागत तर्फ पिसल्याण्ड इङलिस स्कुल र विद्याज्योती इङलिस स्कुलका विद्यार्थीहरु सहभागि रहेका थिए ।

यसैबिच संस्थागत विद्यालयतर्फ पिसल्याण्ड इङलिस स्कुलका सञ्जय पौडेल ३.८० जीपीएसहित प्रथम भएका छन् । विद्याज्योती इङलिस स्कुलका ३ जना विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरेको विद्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>