नवलपुर

नवलपरासीमा लागूऔषधसहित तीन जना पक्राउ

Banner

ज्ञानु पँगेनी,

नवलपुर, असार १२–

नवलपुर प्रहरीले लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित मध्यविन्दु नगरपालिका–१५ चोरमारा–अरुणखोला बीचमा खटिएको चेकजाँच टोलीले भैरहवाबाट काठमाडौँका लागि छुटेको लु १ ख ९११३ नम्बरको बसमा सवार काठमाडौं महानगरपालिका–२ बस्ने वर्ष २५ का सन्दीप रजकलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट नुफ्रिन १ सय १९ थान, डाईजापाम १ सय १५ थान र फेनरागन १ सय १८ थान गरी ३ सय ५२ थान लागूऔषध साथै प्रयोग भईसकेको सिरिन्ज ३ थान समेत बरामद गरेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।

यसैगरी सोही स्थानमै चेकजाँचको क्रममा बझाङबाट काठमाडौँ तर्फ आउदैँ गरेको ना ६ ख १३३३ नम्बरको बसमा सवार ललितपुरको टुंगुन गाउँपालिका–१ बस्ने वर्ष २६ का विक्रम थोकर र ललितपुरकै महालक्ष्मी नगरपालिका–३ बस्ने वर्ष ३७ का श्यामसुन्दर पौडेललाई प्रहरलिे लागूऔषधसहित पक्राउ गरेको छ । उनीहरुको साथबाट लागूऔषध नुफ्रिन १ सय ९ थान, डाईजोपाम १ सय ९ थान र फेनरागन १ सय ९ थान गरी ३ सय २७ थान लागूऔषध बरामद गरेको छ ।

पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>