नवलपुर

नवलपुरमा बिप्लबको बन्द प्रभाव,नगर उपप्रमुख चढ्ने गाडिमा आगजनी

Banner

बिजय चालिसे,

कावासोती,असार १०-

बिप्लब निकट नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव नवलपुरमा पनि परेको छ । आफ्ना नेता कार्यकर्ताको हत्या र गिरफ्तार गरिएको बिरोधमा बिप्लब निकट माओवादीले गरेको बन्दको प्रभाव नवलपुरमा पनि परेको हो ।

पुर्वपश्चिम राजमार्गमा लामा तथा छोटा सवारीसाधन संचालन भएका छैनन भने छिटफुट रुपमा नीजि सवारीसाधन तथा मोटरसाइकल चलेका छन् ।बन्दलाई मध्यनजर गर्दै नवलपुरको सुरक्षा ब्यबस्था कडा पारिएको छ । जिल्लाका विभिन्न ठाँउमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैबीच, नवलपुरको कावासोती नगरपालिकाका उपमेयर चढ्ने सरकारी गाडिमा आगजनी भएको छ । नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडिमा गएराती आगजनी भएको हो । राती साढे १ बजे मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा राखिरहेको गाडिमा आगजनी भएको हो ।

आगजनिबाट गाडिको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवंम डिएसपी अर्जुन रानाभाटले जानकारी दिनुभयो ।उहाँका अनुसार पेट्रोल छर्केर आगजनी गरिएपनी तत्कालै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुन पाएन। उपप्रमुख मर्दनियाका अनुसार मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका हुन् ।

बन्दको पुर्बसन्ध्यामा भएकाले आगलागी बिप्लब निकट माओबादिले गराएको हुन सक्ने प्रहरी अनुमान छ । कावासोती नगरपालिकाको नगर परिषद आज हुने भएकाले त्यसकै तयारिमा राती अबेरसम्म काम गरेपछि आफैले गाडी लिएर उपप्रमुख मर्दनिया निवास गएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>