गण्डकी

प्रेस संगठन नेपाल नवलपुरद्वारा आन्दोलनको निर्णय

Banner

नवलपुर, असार ९-

प्रेस संगठन नेपाल नवलपुरले पत्रकार महासंघ नवलपुर विरुद्ध आन्दोलनमा जाने निर्णय गरेको छ ।

आज कावासोतीमा बसेको संगठनको भेलाले आन्दोलनमा जाने निर्णय गरेको प्रेस संगठन नेपाल नवलपुर कार्यदल सदस्य सागर पोखरेलले जानकारी दिए । एक साताअघि जिल्लाका विभिन्न पेसागत संगठनहरुले विभिन्न माग राखेर बुझाएको ज्ञापनपत्रका विषयमा महासंघले कुनै चासो नदिएको र संगठनहरुले दिएको ७ दिने अल्टिमेटमको समय सीमासम्म पनि मागहरुका विषयमा कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा जाने निर्णय गरिएको संगठनका अर्का कार्यदल सदस्य अर्जुन अबिरलले बताए ।

प्रेस संगठनका नेता विद्रोही गिरी, दिपक भट्टराईसहितको भेलाले जिल्लामा क्रियाशील अन्य संगठनका प्रमुखहरुसँग आजै बैठक बसी थप आन्दोलनका कार्यक्रम सार्बजनिक गर्ने निर्णय पनि गरेको छ । पत्रकारसँग सम्बन्धित विभिन्न पेशागत संगठनहरु प्रेस चौतारी, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, डब्लुडब्लुजे, फोनिज नवलपुर, वातावरण पत्रकार मञ्चलगायतले पत्रकार महासंघ नवलपुरले नयाँ सदस्यता शुल्क दुई हजार रुपैयाँ कायम गर्नुपर्ने, महासंघको नयाँ सदस्यता, शुद्धिकरण, नवीकरण, भवन निर्माण सहयोग जस्ता गम्भीर विषयमा जिल्लामा रहेका सबै पत्रकार संगठनहरुको प्रतिनिधिहरु समावेश गरी कार्यदल बनाउन माग गर्दै एक साता अघि ज्ञापनपत्र बुझाएका थिए ।

त्यसैगरी पत्रकार महासंघ नवलपुर शाखाले गत २०७५ पुस १४ गते आयोजना गरेको साधारण सभामा आर्थिक प्रतिवेदन पास हुन नसकेको कारणसहित हिसाबकिताव चुस्तदुरुस्त ढंगले सार्वजनिक गर्नुपर्ने, नेपाल पत्रकार महासंघ नवलपुर शाखाले विभिन्न संघसंस्था एवम् सरकारी कार्यालयबाट विभिन्न बहानामा रकम उठाएको तर त्यसको रेकर्ड कही कतै नराखिएकोले सोको सार्वजनिक गर्नुपर्ने, महासंघको कार्यालय भवन बनाउने स्थान कही कतै तय नभएको तर भवन निर्माण सहयोग भनी रकम उठाउने तर रकम कहाँ राखिएको भन्ने विषयमा खुलस्त पार्नुपर्ने लगायतका माग राख्दै पत्रकारहरु आन्दोलित हुँदै आएका छन् ।

त्यस्तै, गत जेठ ३१ र ३२ गते पोखरामा भएको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको साधारणसभामा समेत नवलपुर जिल्लामा कार्यसमितिमा रहेकाहरुलाई पनि पार्सद् बनाएर लगिएको प्रति संगठनले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एकलौटी ढंगबाट आफ्नो मनोमानीमा महासंघको साधारण सदस्यसमेत नभएकालाई पनि पर्यवेक्षक बनाइएको र कार्यसमितिकै ब्यक्तिहरुलाई पार्सद बनाइनु लज्जास्पद भएको टिप्पणी गरेका छन । महासंघको यस्ता क्रियाकलापले नवलपुरकै पत्रकारहरुको बदनाम भएको समेत भेलामा गुनासो गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>